ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
वीरेन्द्रनगर - वीरेन्द्रनगरको खजुरामा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा वीरेन्द्रनगर-१० बस्ने ३३ यामबहादुर विक र वर्ष ३२का खगेन्द्र विक रहेका छन् ।
गम्भीर घाइते वीरेन्द्रनगर(८ का तुलबहादुर रामजालीको कर्णाली प्रदेश अस्पताल कालागाउँ उपचार भइरहेको छ । घाइते तीनै जनालाइ उपचारको लागि अस्पताल लगिएपनि यामबहादुर र खगेन्द्रको उपचारको क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मंगलगढी चोकबाट पीपीरातर्फ जाँदै गरेको भे १ त ८१७६ नम्बरको ट्याक्टरले भे ३ प ७४२ नम्बरको मोटरसाईकलाई वीरेन्द्रनगर–१० खजुरामा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले जानकारी दिए ।
ठक्कर दिने ट्याक्टर चालक भेरीगंगा नगरपालिका९५ का गोपी बुढालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतकाअनुसार दुर्घटनाको कारण नखुलेकाले अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस