उदयपुरमा २३ वर्षीय महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
खबर एक्सप्रेस
२०७९-०८-१५ ०५:२९ मा प्रकाशित
Total Shares: 280
काठमाडौं - उदयपुरमा २३ वर्षीय महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका- ४ बर्खे डाँडाका ६१ वर्षीय ज्ञान बहादुर बिसुङ्खे रहेको प्रहरीले पक्राउ जनाएको छ ।
गत भदौमा ज्ञानबहादुर र सोही ठाउँका ३५ वर्षीय टीकाराम बिसुङ्खेले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा बिहीबार उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ । हाल फरार रहेका अर्का अभियुक्त टिकारामको खोजी भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस