यू-२०ः नेपालको विजयी सुरुवात,माल्दिभ्स ४-० गोलले पराजित
काठमाडौं - साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमै नेपालले विजयी सुरुवात गरेको छ ।
भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भर्खरै सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको हो ।
नेपालका लागि ४२ औं मिनेटमा दिपेश गुरुङ, ५८ औं मिनेटमा सुगम सुवाल, ६२ औं मिनेटमा कृतिस रन्त छुन्जुले पेनाल्टीमा र इन्जुरी समयमा सुमित श्रेष्ठले गोल गर्दै नेपाललाई ४–० को जित दिलाएका हुन ।
यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समूहमा हुन लागेको हो ।
प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस