अझै सुरु भएन कांग्रेस केन्द्रीय समिति बैठक
काठमाडौं-दिउँसो १ बजेका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन ।
विशेष महाधिवेशनका कारण पार्टी विभाजनको बाटोमा जाने खतराकाबिच आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर विशेष महाधिवेशन पक्षधरसँग वार्ताका लागि बैठक २ घण्टा पर सारिएको थियो । तर बैठक अझै सुरु हुन सकेको छैन ।
पार्टी बैठकमा सहभागि हुन पुगेका अधिकांश नेताहरु बाहिरिएका छन् । बैठकमा सहभागि हुन नेताहरु डा. शशांक कोइराला, डा। शेखर कोइराला र सुजना कोइराला पुगेका थिए । तर बैठक बस्न नसकेको भन्दै तीनै नेताहरु बाहिरिएका छन् ।
केन्द्रीय समिति बैठक बोलाए पनि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने आफूहरु बैठकमा नजाने सन्देश पठाएका थिए ।
यस्तै कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि गठित वार्ता टोलीले वार्ता गरिरहेको छ ।
वार्ताका लागि विशेष महाधिवेशन पक्षबाट नेताहरु प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे र मधु आचार्य रहेका छन् । संस्थापनको तर्फबाट रमेश लेखक र बालकृष्ण खाँड रहँदा शेखर कोइराला पक्षबाट डा. मिनेन्द्र रिजाल र जीवन परियार रहेका छन् ।
यता विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आज चयनका लागि प्रतिनिधिहरुले धमाधम आ-आफ्नो दाबी अुनसार उम्मेदवारी दर्ता गरिरहेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस