नेप्सेमा यो साता सातओटा कम्पनीको सेयर सूचिकृत
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा यो साता सातओटा कम्पनीको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार स्टकका अनुसार सूचिकुत भएका कम्पनीहरुमा :
समिट लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, सोल्टी होटल लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड, कुमारी बैँक लिमिटेड र एक्सेल डेभलपमेन्ट बैँक लिमिटेडको सेयर सूचिकृत भएको छ ।
यो साता सूचिकृत भएको सेयर विवरण
१. समिट लघुवित्त वित्तीय संस्था लिमिटेड : ४ लाख ४३ हजार कित्ता बोनस सेयर
२. सोल्टी होटल लिमिटेड : १ करोड ९ लाख ९० हजार ४ सय ३६ कित्ता बोनस सेयर
.३. साधना लघुवित्त वित्तीय संस्था लिमिटेड : २१ लाख ७७ हजार ८ सय कित्ता साधारण सेयर
४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड : ३ लाख ८६ हजार ६ सय १ दशमलव २५ कित्ता बोनस सेयर
५. प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड : ५ लाख ११ हजार ९ सय ८९ कित्ता बोनस सेयर
६. एक्सेल डेभलपमेन्ट बैँक लिमिटेड : ११ लाख ८४ हजार ४ सय ७२ दशमलव ५० कित्ता बोनश सेयर
७. कुमारी बैँक लिमिटेड : विकास बैँकलाई प्राप्ती गरेपछि कुमारी बैँकको नामबाट २ करोड ९६ लाख ५९ हजार १९० दशमलव २८ कित्ता सेयर

.gif)



फेसबुक पेज Like गर्नुहोस