काठमाडौं - आज देशभर माैसममा आंशिक बदली हुने भएको छ । हिमाली जिल्लाका केहि क्षेत्रमा हिमपात बाहेक देशभरको मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज मंगलबार उपत्यकामा भने मौसम सफा रहि घाम लाग्ने छ । देशभर कुनै पनि वायुको प्रभाव नरहेको कारणले गर्दा पश्चिमी, मध्य र पुर्वी भागमा मौसममा सामान्य बदली हुने छ भने वर्षाको हुने सम्भावना न्युन रहेको छ ।