काठमाडौं - काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठ्ने भएको छ ।

काठमाडौँ महानगरपालिका र ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच भएको छलफलमा स्थानीयको माग पूरा गर्ने सहमति भएपछि फोहोर आजैदेखि उठाउन लागिएको हो । 

सिसडोलको फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् ।