काठमाडौं - काठमाडौं महानगरपालिकाको टोली डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय पुगेकाे छ।

अवैध संरचना हटाउने अभियानअन्तर्गत महानगरपालिकाको टोली शुक्रबार दिउँसो डोजरसहित त्यहाँ पुगेका हाे । 

महानगरले ३५ दिने सूचना जारी गरेर अवैध संरचना हटाउन  निर्देशन दिएकाे थियाे । तर, त्यसको कार्यान्वयन नभएपछि मेयर साह आफैं फिल्डमा खटिएर डोजर चलाउन थालेका छन् ।