काठमाडौं - काभ्रेको बनेपामा जिपको ठक्करबाट एक असईको मृत्यु भएको छ । शुक्रबार दिउँसो बा.१९ च १३२३ नम्बरको जिपले बनेपा नगरपालिका– १३ मा उनलाई ठक्कर दिँदा असई तेजबहादुर गुरुङ घाइते भएका थिए ।
प्रहरी चौकी साँगामा कार्यरत प्रहरी उनलाई भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएपछि उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । नवलपरासी घर भएका २४ वर्षका असई गुरुङ चार वर्षदेखि काभ्रेमा कार्यरत थिए ।

.gif)



