प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक
खबर एक्सप्रेस
२०७६-०८-१८ ११:०० मा प्रकाशित
Total Shares: 717
काठमाडौं - नेकपा सचिवालय बैठक बुधबारका लागि डाकिएको छ। पार्टी हाँक्ने जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलोपटक बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन् । दुई अध्यक्षबीच मंसिर ४ गते ओलीले सरकार र दाहालले पार्टी हाँक्ने सहमति भएको थियो ।
‘बुधबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइएको छ’, महासचिव विष्णु पौडेलले भने, ‘नियमित बैठककै रूपमा बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुन्छ।’
अन्नपूर्ण पोस्ट् दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस