लौरो उभ्याएर भए पनि ७६ (५)को वैकल्पिक सरकार दिउँः डा भट्टराई
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल वैकल्पिक सरकार दिन आह्वान गरेका छन् । शुक्रबार बिहान एक ट्वीट गर्दै डा. भट्टराईले केपी शर्मा ओली सरकारको विकल्प दिन आग्रह गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आज साँझ पाँच बजेसम्मको समयसीमा दिएपछि पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यो धारणा सार्वजनिक गरेका हुन् । उनले संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो भन्दै भट्टराईले जे गरेर रक्षा हुन्छ त्यही गर्न भनेका छन् । संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने उनको चिन्ता छ ।
‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो ! जे गरेर रक्षा हुन्छ त्यही गरौं । सबैले आवश्यक त्याग/बलिदान गरौं । लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिउँ ! आजै गरौं, अहिल्यै गरौं ! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ !’ उनको ट्वीटमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस