सुन तस्करीमा संलग्न ६ जना आरोपीलाई १० दिन हिरासतमा राख्न उच्च अदालतको अनुमति
खबर एक्सप्रेस
२०८०-०४-०४ ०५:४२ मा प्रकाशित
Total Shares: 67
काठमाडौं - उच्च अदालत पाटनले सुन तस्करीको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको छ ।
पक्राउ परेकाहरु राजस्व अनुसन्धान विभागको हिरासतमा छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म एक जना चिनियाँसहित ६ जना पक्राउ परेका छन् ।
फेसबुक पेज Like गर्नुहोस