ओली-नेपाल समूहबीचको निष्कर्षः भोलि केन्द्रीय सचिवालय बैठक बोलाउने
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच मंगलबार केन्द्रीय सचिवालय बैठक डाक्ने सहमति भएको छ।
सोमबार कोटेश्वरस्थित नेता नेपालको निवासमा भएको दुवै समूहबीचको बैठकमा मंगलबार केन्द्रीय सचिवालय बैठक बोलाउने सहमति भएको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।
छलफलमा ओली पक्षबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी थिए भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए ।
सरकारले पछिल्लो समयमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को कार्यक्षेत्र संशोधनसम्बन्धी अध्यादेश जारी र खारेज गराएको, पार्टी एकताका बाँकी कामले पूर्णता नपाएको, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएको लगायत सन्दर्भमा नेकपाभित्र विवाद देखिएको हो ।
असन्तुष्ट नेताहरुले सरकारले पार्टीको समन्वयमा काम गर्नुपर्ने आवाज उठाउँदै आएका छन् भने सरकारको नेतृत्वमा रहेका नेताहरुले पार्टीले सरकारलाई सघाउनुपर्नेमा जोड दिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस