छानबिन समितिमा जनार्दन शर्माको बयान: ' बैठकमा अनाधिकृत व्यक्ति प्रवेश गराएको छैन'
काठमाडौं – पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको बयान दिएका छन्। बिहीबार बिहान बसेको संसदीय विशेष छानबिन समितिको बैठकमा शर्माले अनधिकृत व्यक्ति संलग्न नरहेको बयान दिएका हुन्।
छानबिन समितिका ११ जना सदस्यहरुले सो घटनाबारे शर्मासँग बयान लिएका थिए। शर्माले आज बयान दिँदै संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गरेका हुन्।
समितिले सो प्रकरणमा मुछिएका भनिएका बिभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्ने क्रममा आज निवर्तमान मन्त्री शर्मासँग पनि सोधपुछ गरेको हो। शर्माले बजेट निर्माणमा मन्त्रालयका अधिकारीहरुबाहेक अन्य असम्बन्धित व्यक्ति कोही पनि संलग्न नभएको बयान दिएका हुन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस