नबिल बैंकद्वारा व्यक्तिगत मुद्दती खाताको ब्याजदरमा वृद्धि
खबर एक्सप्रेस
२०७७-१२-०५ ११:३८ मा प्रकाशित
Total Shares: 421
काठमाडौं - नबिल बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर बढाएको छ ।
बैंकले आफ्नो व्यक्तिगत खाताको ब्याजदर बढाएर ७.५१ प्रतिशत पु-याएको हो । जुन ६ महिना भन्दा माथिको ब्यक्तिगत मुद्दति खाताहरुमा लागू हुनेछ । मुद्दती खाताहरूमा उच्च ब्याज दर प्रदान गर्ने हुनाले यस योजनाले आर्थिक कठिनाइ कम गर्न मद्दत पु-याउने भन्ने बैंकले आशा गरेको छ ।
यस ब्याजदरका साथ ब्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको पनि बैंकले जनाएको छ । यसअ बैंकले सन् १९८४ देखि ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दैआएको छ ।
फेसबुक पेज Like गर्नुहोस