काठमाडौं - शेयर कारोबार गर्न हितग्राही –डिम्याट) खाताको संख्इा १६ लाख नाघेको छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार १२ पुससम्ममा सञ्चालनमा रहेको डिम्याट खाताको संख्या १६ लाख २ हजार ८ सय ५६ पुगेको हो । हालसम्म करिब ५ अर्ब बढी कित्ता शेयर अभौतिकीकरण –डिम्याट) भइसकेका छन् । 

शेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या पनि दिन प्र्रतिदिन बढ्दै गइरहेको छ ।

सीडीएस एन्ड क्लियरिङले देशभर आफ्नो सेवा विस्तार गर्दै मेरो शेयर एप्लिकेसनमार्फत पनि लगानीकर्ताहरूको शेयरमा सहज पहुँच स्थापना गरेको जनाएको छ । 

राजधानी दैनिकबाट