सर्वोच्चमा कार्तिक १५ गतेसम्म बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्रै सुनुवाइ हुने
खबर एक्सप्रेस
२०७७-०७-०१ १२:२६ मा प्रकाशित
Total Shares: 331
काठमाडौं - सर्वोच्च अदालत र मातहतका सबै अदालतमा आजदेखि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने भएको छ ।
कार्तिक १५ गतेसम्म सर्वोच्च र मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने सर्वोच्च अदालतले जनाएको छ ।
तर, बिहान ११ देखि दिउँसो ३ बजेसम्म भने अदालत खुला हुने भएका बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ भने हुने सर्वोच्चले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस