काठमाडौं - वजारमा मंगलवार सुनको अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार नेपाली बजारमा प्रतितोला छापावाल सुन ७६ हजार ७ सय रुपैयाँमका कारोबार भएको हो । 

यसअघि गत पुस २३ गते सुन बजारमा ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएर त्यसअघिको रेकर्ड तोडेको थियो । 

मंगलवार सुनले यसअघिका सबै रेकर्ड तोड्दै नयाँ कीर्तिमान कायम गरेको हो ।