फ्याक्ट्रीमा भीषण आगलागी हुँदा ३४ को मृत्यु, ५९ जना बाहिर निकालियो
काठमाडौं - नयाँ दिल्लीको एक फ्याक्ट्रीमा आगलागी हुँदा ३४ जना मजदुरहरुको मृत्यु भएको छ । आगलागी भएको फ्याक्ट्रीबाट ५९ जना मजदुरहरुलाई बाहिर निकालिएको थियो, जसमध्ये ३४ जनाको मृत्यु भइसकेको छ ।
प्राप्त जानकारी अनुसार रानी झाँसी रोडको अनाज मन्डीसँगैको एक कारखानामा आइतबार बिहानै आगलागी भएको थियो । आगलागी भएको समयमा मजदुरहरु सुतिरहेका थिए ।
एलएएनपीजी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर सिंहका अनुसार अहिलेसम्ममा ३४ को शब अस्पतालमा ल्याइसकिएको छ । त्यस्तै १४–१५ जना घाएते भएका जनाइएको छ, भने ९ जनालाई बर्न डिपार्टमेन्टमा भर्ती गरिएको छ ।
डाक्टर सिंहका अनुसार सास लिन नसकेकै कारण धेरैको मृत्यु भएको छ । आगलागी भएको समयमा कामदारहरु एउटै कोठामा २०–२० जनाको दरले सुतिरहेका थिए । अहिले घटनास्थलमा दमकलहरु पुगेर आगोलाई नियन्त्रणमा लिइरहेको छ । त्यहाबाट ५९ जनालाई बाहिर निकालिएको छ । जसमध्ये पनि ३४ जनाको मृत्यु भइसकेको छ ।
फेसबुक पेज Like गर्नुहोस