ओलीले भने: सबैलाई माफी छ, अब मिलौँ
खबर एक्सप्रेस
२०७८-०४-०७ ०४:२० मा प्रकाशित
Total Shares: 244
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान विपरित अहिलेसम्म जसले जे गरेको भए पनि सबै माफी गरिदिने बताएका छन् ।
बिहिबार पृष्पलाल स्मृति दिवसको अवसरमा तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो घोषणा गरेका हुन् । ‘ पुष्पलाललाई साक्षी राखेर भन्छु- सबैलाई माफी छ, आउनुहोस् अब सबै मिलेर काम गराैँ ।’ ओलीले भने ।
सबै मिलेर आन्दोलनलाई एकीकृत बनाउन सकिने ओलीले बताए । ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गरे । ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ उनले भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’
फेसबुक पेज Like गर्नुहोस