एजेन्सी - कोरोना भाइरसका कारण हालसम्म विश्वभर २९७९ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या झण्डै ८७ हजार पुगेको छ । कोरोना भाइरसका कारण विश्वभर त्रास रहेको छ ।
पछिल्लो मिडिया रिपोर्टका अनुसार झण्डै ४३ हजार जना उपचारपछि ठीक भएर घर फर्किएका छन् । कोरोना भाइरसका कारण चीनमा मात्रै २८७० जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियामा १७ जनाको मृत्यु भएको छ भने इटालीमा २९ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा संक्रमितहरुको संख्या झण्डै ३४ सय पुगेको छ भने इटालीमा ११ सय नाघेको छ । त्यस्तै इरानमा ४३ जनाको मृत्यु भएको छ भने जापानमा ६ जनाको ज्यान गएको छ ।
कोरोना भाइरसका कारण हालसम्म विश्वभर २९७९ जनाको मृत्यु
खबर एक्सप्रेस
फाल्गुन १८, २०७६
३५७


.gif)

