काठमाडौं - पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । सरकारी पक्षसँगको छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि उनीहरुले निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलन घोषणा गरेका हुन् ।

केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन् ।