कम्बोडियाका प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको भेटवार्ता
काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।
कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि औपचारिक भ्रमण रहेका अध्यक्ष ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेट गरेका हुन् ।
ओलीसँगै विभिन्न देशका २२ जना वरिष्ठ राजनीतिज्ञहरू अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् । त्यसमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरू समेत छन् ।
नेपालबाट एमाले अध्यक्ष ओलीको नेतृत्वमा एउटा टोली कम्बोडिया पुगेको हो । ओलीसँग कम्बोडियाका विदेशमन्त्रीको पनि भेटवार्ता भएको छ । ओलीलाई विमानस्थलमा त्यहाँका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।
विमानस्थलमै ओलीको पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी,नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग पनि शिष्टाचार भएको सचिवालयले जनाएको छ ।
आजै ओलीले त्यहाँको निर्वाचन आयोगसँग छलफल गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनुअघि ओलीले शान्ति र लोकतन्त्रको लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस