काठमाडौं- रौतहटमा कर्फ्यु आदेश जारी गरिएको छ । शनिबार दिउँसो १ बजेदेखि लागु हुने गरी प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्फ्यु आदेश जारी गरेका हुन् ।गौर नगरपालिका क्षेत्रमा अर्को आदेश नभएसम्मका निम्ति कर्फ्यु लगाइएको छ । दुई समुदायबीच तनाव बढेपछि कर्फ्यु आदेश जारी गरिएको हो । यसक्रममा उच्छृंखल गतिविधिमा संलग्न आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरिएको बताइएको छ ।  दुई समुदायबीच झडपका कारण रौतहट सदरमुकाम गौर तनावग्रस्त बनेको छ ।