सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालय तानिए
खबर एक्सप्रेस
२०८०-०५-०७ ०२:४९ मा प्रकाशित
Total Shares: 113
काठमाडौं-अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन्।
सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा शेर्पासँग च्याट संवाद गरेको पाइएपछि अधिकारीलाई गृह मन्त्रालयमा तानिएको हाे ।
उनी १६ फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनेका थिए। अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस