काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)  बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर बिक्री खुला गरको हो ।

निष्कासन गरेकोमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओमा छिटोमा भदौ १३ गतेसम्म र उक्त अवधिमा  माग अनुसार आवेदन नपरे भदौ २३ गतेसम्म आवेदन दिने म्याद थप हुने हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ ।