काठमाडौं - स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत सोमबार बिहान साढे ५ बजेसम्ममा ७६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्मको नतिजा हेर्दा एमालेले सबभन्दा बढी स्थानीय तहमा जित हासिल गरेको छ । कांग्रेसले भने एमालेलाई पछ्याइरहेको छ।

हालसम्म एमाले २८, कांग्रेस २५, माओवादी केन्द्रले २१ र एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् । यस्तै, उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले ३६, एमाले २१, माओवादी १३, एकीकृत समाजवादी ४, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् ।

एमाले विजयी भएका पालिकाहरू-

१.  मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी

२. मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी

३. मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी

४. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी

५. मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी

६. डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी

७. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी

८. बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी

९. नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी

१०. बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी

११. मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन

१२. म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा

१३.  तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ

१४.  दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर 

१५.  स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर

१६.  बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द

१७.  दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी

१८.  नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी

१९.  रसुवाको गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ

२०.  इलामको माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई

२१. तेह्रथुमको छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू

२२.  मकवानपुरको भीमफेदी गाउँपालिका: अध्यक्ष हिदम लामा

२३.  डोटीको जोयारल गाउँपालिका: अध्यक्ष दुर्गादत्त ओझा

२४.  भोजपुरको हतुवागढी गाउँपालिका: अध्यक्ष प्रेमकुमार राई

२५.  पाल्पाको तिनाउ गाउँपालिका: अध्यक्ष प्रेम श्रेष्ठ

२६.  मकवानपुरको इन्द्र सरोवर गाउँपालिका: अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा

२७.  पाल्पा पूर्वखोला गाउँपालिका: अध्यक्ष नुनबहादुर थापा

२८.   तेह्रथुमको म्याङलुङ नगरपालिका: मेयर सन्जयकुमार तुम्बाहाङ्फे अध्यक्ष


कांग्रेस विजयी भएका पालिकाहरू-


१. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी

२.मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी

३. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी

४. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी विजयी

५. गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी

६. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी

७. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी

८. हुम्लाको खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल विजयी

९. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा

१०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया

११. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की

१२. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू

१३. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी

१४. बैतडीको शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद

१५. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही

१६. लमजुङको दूधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ

१७. बागलुङको गलकोट नगरपालिका: मेयर भरत शर्मा

१८. तेह्रथुमको फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल

१९. पाँचथरको कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावती

२०. कास्कीको माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ

२१. सोलुखुम्बुको सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत

२२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा

२३. डडेल्धुराको नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी

२४. अछाम ढाकरी गाउँपालिका: अध्यक्ष प्रकाशबहादुर साउद

२५. ताप्लेजुङको मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हां वीर हांगाम

२६. रसुवाको आमाछोदिङ गाउँपालिका: अध्यक्ष बुचुङ तामाङ


माओवादी केन्द्र विजयी भएका पालिकाहरू-


१.डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी

२.दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी

३. बाग्लुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक

४. उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई

५. रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर

६. खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई

७.दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी

८. हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी

९.गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा

१०. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई

११. गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी 

१२. दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी

१३. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे

१४. भोजपुरको आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई

१५. दार्चुलाको लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी 

१६. डडेल्धुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की

१७. डोटीको बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला

१८. रूकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती

१९. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू 

२०. रोल्पाको रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा


एकीकृत समाजवादी विजयी भएका पालिकाहरु-


१. डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी

२. डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी