काठमाडौं-लुटपाटपछि हत्या गरेको आरोपमा प्रहरीले काठमाडौँको तारकेश्वरबाट एक जनालाई पक्राउ गरेको छ।

तारकेश्वर नगरपालिका– ६ की ९० वर्षीया वृद्धा डिल्ली पुतुवार मंसिर २२ गते जंगलमा मृत फेला परेकी थिइन्। हत्या तथा लुटपाटको आरोपमा अपराध अनुसन्धान कार्यालयले सोही ठाउँका नरेन्द्र शिवभक्तिलाई पक्राउ गरेको हो। 

उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्या तथा लुटपाटमा संलग्न एक जनालाई पक्राउ गरेको एसपी कृष्ण कोइरालाले जानकारी दिए।  हत्यापछि उनले वृद्धाको साथमा भएको नगद तथा गहना लुटपाट गरेको प्रहरीको भनाई छ। 

वृद्धालाई घरबाट नरेन्द्रले नै लिएर गएको र जंगलमा पुर्‍याएपछि ढुंगाले हानेर हत्या गरेको एसपी कोइरालाले बताए।