फौजदारी कसूरमा अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्न पर्दैन : जाँचबुझ आयोग
काठमाडौं - भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसूरमा संलग्नलाई अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्न नपर्ने बताएको छ। आयोगका सदस्य विज्ञान राज शर्माले विज्ञप्ति जारी गरेर गत असोज ९ गते गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति ध्यनाकर्षण पनि जनाएको छ।
यसले जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनी गर्नेहरूविरुद्ध अनुसन्धान गर्ने बाटो खुलेको छ। गृह मन्त्रालयले जेनजी आन्दोलनको घटना सम्बन्धमा जाँचबुझ आयोग बनेको भन्दै पक्राउ परेका व्यक्तिहरूलाई छोड्न दबाब दिएको थियो।
गृह मन्त्रालयले विज्ञप्ति नै जारी गरेर जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडको विषयलाई जाँचबुझ आयोगले हेर्ने उल्लेख गरेको थियो।
'आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धनमा आवश्यक राय दिनेसमेतको कार्यदिशा रहेको हुँदा आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने,' गृहले विज्ञप्तिमा भनेको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस