ओली सरकार कामचलाउ घोषणा मागसहितको रिटमा आज सर्वोच्चमा सुनुवाइ
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई संविधानअनुसार विश्वासको मत लिनुपर्ने भन्दै ‘कामचलाउ’ घोषणा गर्न मागसहित दायर भएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
अधिवक्ता वीरेन्द्र केसीले बिहीबार दायर गरेको रिटमा प्रधानमन्त्रीले साझेदार दलहरूको समर्थन फिर्ता भएपछिको अवस्थामासमेत विश्वासको मत नलिएको आरोप लगाइएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।
यसअघि जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
संविधानको व्यवस्था अनुसार समर्थन गुमाएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भए पनि त्यसो नगरेको भन्दै अदालतको हस्तक्षेप माग गरिएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस