विराटनगर - विराटनगरका एक युवकमाथि भारतको जाेगबनीमा गाेली प्रहार भएको छ । 

विराटनगर महानगरपालिका–८ मधुमाराका करिब २७ वर्षीय निर्दोष संग्रौलामाथि आइतबार साँझ सीमा क्षेत्रबाट झण्डै डेढसय मिटर भित्र भारतीय भूमि जोगबनीमा गोली प्रहार भएको हो। अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको बताइएको छ ।

घाइते संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । 

दैनिक उपभोग्य खाद्यवस्तु खरिदका लागि जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको संग्रौलाले बताएका छन्। उनलाई सशस्त्र प्रहरीको टाेलीले उद्दार गरी अस्पताल पुर्याएकाे थियाे ।