स्पेनिस ला लिगा: रियल मड्रिडको सहज जित
खबर एक्सप्रेस
२०७९-०७-०६ ०९:१३ मा प्रकाशित
Total Shares: 730
काठमाडौं - रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शनिबार राति सानदार जित निकालेको छ ।
घरेलु मैदानमा रियलले सेभियामाथि ३–१ को सहज जित निकाल्यो । जितसङै शीर्षस्थान बलियो बनाएको छ ।
रियलको जितमा लुका मोड्रिच, लुकास भास्क्वेज र फेडे भाल्भेर्डेले एक एक गोल गरे । जितसँगै रियल ११ खेलबाट ३१ अंक जोडेर शीर्ष स्थानमा छ । पराजित सेभिया १० अंक जोडेर १४औं स्थानमा छ ।
फेसबुक पेज Like गर्नुहोस