आशा लघुवित्तको सेयरमा आजसम्म आवेदन दिन सकिने
खबर एक्सप्रेस
२०७९-०७-०१ ०१:४९ मा प्रकाशित
Total Shares: 225
काठमाडौं - आशा लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन दिने साेमबार अन्तिम दिन रहेको छ । कम्पनीले २३ असोजदेखि सात लाख ८९ हजार नाै सय कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याएको हो ।
उक्त सेयर खरीद गर्न इच्छुक योग्य व्यक्तिले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरको मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्न सक्नेछन् ।
आवेदकले सेयर खरिदका लागि आवेदन दिदा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सेयर संख्याका लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस