काठमाडौं - कोरोना संक्रमितको उपचारका लागि औषधि किन्न सरकारले पुन बोलपत्र आह्वान गरेको छ । स्वास्थ्य सेवा विभागले सात दिनको म्याद राखेर ३४ करोड बराबरको औषधि किन्न आज सूचना प्रकाशित गरेको हो ।
कोरोना परीक्षण र उपचारका लागि भन्दै यसअघि गरिएको औषधि खरिद प्रक्रियामा भ्रष्टाचार भएको प्रश्न उठेपछि विभागले सम्झौता रद्द गरेको थियो । विभागले २३ प्रकारका औषधि तथा मेडिकल उपरकण खरिदका लागि सूचना निकालेको हो ।
स्वास्थ्य सेवा विभागले चैत १२ गते राति ओम्नीसँग ३ घन्टामै १ करोड ३ लाख ९० हजार ४ सय डलर बराबरको औषधि खरिद गर्ने गरी सम्झौता गरेको थियो । तर सो समूहले सम्झौता अनुसार औषधि लगायतका सामाग्री उपलब्ध गराउन नसकेको भन्दै त्यसलाई रद्द गरिएको थियो ।
अहिले देशभर कोरोना संक्रमितको उपचारका लागि आवश्यक सामाग्री र औषधि अभाव छ । सरकारले औषधि किन्ने जिम्मेबारी दिएपछि सेनाले पनि केही दिनअघिबाट खरिद प्रक्रिया अघि बढाएको छ ।

.gif)


