काठमाडौं - मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले देशमा सत्ता र धन आर्जनको होड जारी रहेको बताएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो बताएका हुन् । उनले मधेस प्रदेशमा पानीको हाहाकार रहेको र १० वटा पालिकाले नीति, कार्यक्रम र बजेट नल्याई कानुन मिचेको आरोप लगाए ।

उनले यस विषयमा प्रधानमन्त्री र राजनीतिक दलहरू मौन रहेको उल्लेख गरे । नेता रावलले स्थायित्वको नारा दिने नेपाली कांग्रेसभित्रै आफ्नै वागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको बताए ।

‘स्थायित्वको नारा दिने काँग्रेसमा आफ्नै मुख्यमन्त्री विरुद्ध वागमति प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। केन्द्रका साथै सर्वत्र दलमा सत्ता र धन आर्जनको होड जारी छ । यसबाट सत्ता स्वार्थको घिन लाग्दो खेल चलिरहेको स्पष्ट हुन्छ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरे ।