नवनिर्वाचित काठमाडौंका मेयर शाहले गरे नुवाकोटको डम्पिङ क्षेत्रको अनुगमन
खबर एक्सप्रेस
२०७९-०२-१३ ०८:४६ मा प्रकाशित
Total Shares: 269
काठमाडौं - काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र शाहले आज सिस्डोल र बञ्चरेडाँडा अवलोकन गरेका छन् र फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्ता समेत नदिने बताएका छन् ।
मेयर शाहले शुक्रबार साँझ ओखरपौवाको डम्पिङ क्षेत्रको अनुगमन गरेका हुन् । त्यसक्रममा उनले स्थानीयको माग सम्बोधन गरेर जाने बताए । त्यसका लागि योजना पनि बनाइसकेको उनले जानकारी गराए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस