काठमाडौं - राष्ट्रिय सभा सदस्य डा. खीमलाल देवकोटाले स्थानीय तह निर्वाचन निर्दलीय बनाउन प्रस्ताव गरेका छन्। सोमबार राष्ट्रिय सभामा बोल्दै देवकोटाले स्थानीय तहको चुनाव दलीय प्रवाहबाट मुक्त गराउनको लागि निर्दलीय बनाउनुपर्ने प्रस्ताव गरेका हुन्।
बैठकमा बोल्दै देवकोटाले भने, ‘राज्यका कुनैपनि कार्यकारी पदमा लगातार दुईपटक भन्दा बढी अवसर नपाउने व्यवस्था गरौं। यो संविधान वा कानुनमा कहाँ लेख्नुपर्ने हो लेखौं। पटक पटक संसद भएका मन्त्री भएकाहरु मेयर र अध्यक्षमा ताक्न थाले। यो त अचम्मै भयो। हामीले शिक्षा लिऔं सुध्रिऔं। यदि सुध्रिएनौं भने हरेक पालिकामा बालेन साह, हर्कराज साम्पाङ र गोपाल बहादुर हमालहरुको उदय हुनेछ।’

.gif)


