काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउन प्रयासमा लागेपनि  सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबैले आफ्नो अडान छाड्ने मनासय  नदेखाएपछि आजको बैठकमा पनि विवाद समाधान हुने सम्भावना कमै देखिन्छ ।

शनिबार प्रचण्ड निवास खुमलटार पुगेका ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरेपनि प्रचण्डले प्रस्ताव फिर्ता लिन अस्वीकार गरेको स्रोतले बताएको छ । हिजो नै ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी, गृहमन्त्री रामबहादुर थापालगायतका नेता तथा मन्त्रीहरुसँगसमेत भेटवार्ता गरेका थिए ।