खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले खेलकुद पूर्वाधार विकास, खेलाडी प्रोत्साहन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।
सरकारले अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने नेपाली खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवनयापन सुनिश्चित गर्न आजीवन स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा पनि गरेको छ ।
साथै बजेटमार्फत खेलाडीको सामाजिक सुरक्षा, स्वास्थ्य सुविधा तथा खेल क्षेत्रको व्यावसायिक विकासमा जोड दिइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस