काठमाडौं, एजेन्सी - बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् । 

हार्ट समस्यामा कोरोनरी आर्टरी डिजीज, मुटुको मांसपेशि असामान्य रुपमा बढ्नु, हार्ट फेल हुनु र अनिमियत हर्ट बीट जस्तो समस्या हुनु सामान्य भइसकेको छ । केही अन्य यस्ता कारणहरु रहेका छन् जसको बारेमा तपाईलाई पनि कमै थाहा नहुन सक्छ । 

एक अन्तराष्ट्रिय अध्ययनका अनुसार हर्ट अट्याक हुनुको कारण हाम्रो ब्लड ग्रुप पनि हो । ब्लड ग्रुपका कारण हर्ट अट्याकको खतरा पत्ता लगाउन सकिने बताइएको छ । साथै सम्भावना पनि थाहा हुने अध्ययले जनाएको छ कि कुन ब्लड ग्रुपका मानिसलाई हर्ट अट्याक ज्यादा हुन्छ । 

अन्तराष्ट्रिय अनुसन्धानका अनुसार हर्ट अट्याक त्यस्ता व्यक्तिलाई अधिक हुन्छ जो व्यक्तिको ब्लड ग्रुप ए, बी वा एबी रहेको छ । ओ ब्लड ग्रपलाई सबैभन्दा राम्रो मानिएको छ । 

यो ब्लड ग्रुप भएका मानिसलाई मुटु सम्बन्धी लाग्ने रोगहरु अति नै न्युन हुने गरेको बताइएको छ । ओ ब्लड ग्रुपको तुलनामा ए, बी र एबी ब्लड ग्रुपका मानिसहरुमा हर्ट अट्याक वा मुटु सम्बन्धी अधिक समस्या देखिने गरेको बताइएको छ । 

यो आशंका ९ प्रतिशत बढी हुने बताइएको छ । ए ब्लड ग्रुपका मानिसहरुमा ज्यादा कोलेस्ट्रोलका लागि जानिन्छ जसलाई मुटुको समस्या अधिक हुने जोखिम हुन्छ ।