घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर एककाे मृत्यु
खबर एक्सप्रेस
२०७९-०१-०५ १०:०८ मा प्रकाशित
Total Shares: 258
काठमाडौं - पाँचथरको फिदिम नगरपालिका–१ शनिबारेमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो । सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो ।
तर, गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिए पनि उपचारका क्रममा चिकित्सकले मृत घाेषणा गरेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस