बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ
खबर एक्सप्रेस
२०७८-११-१० ११:११ मा प्रकाशित
Total Shares: 284
काठमाडौं - प्रहरीले काठमाडौँको बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
कल बाइपासमा संलग्न भएको आरोपमा प्रहरीले सोमबार राति बानेश्वरको एक ठाउँबाट ३६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौँकाअनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूलाई अहिले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस