काठमाडौं - थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी-२० कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।
शनिबार भएको खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो । मलेसियाले दिएको १५५ रनकाे लक्ष्य पछ्याएको नेपाल १९ ओभर ५ बलमा अलआउट हुँदै १३२ रनमा समेटिएको हो ।
खराव सुरुवात गरेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरी ले समान ३८/३८ रन बनाए । पवन सर्वाफ १९ तथा पारस खड्का ९ रनमा आउट भए । मलेसियाका लागि सर्विन मुनियन्डीले ४ विकेट लिए । यस्तै, पवनदिप सिंहले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । मलेसियाका लागि सायद अजिजले अर्धशतकिय इंनिङ्स खेले । उनी ३५ बलमा ५१ रन बनाएका हुन् । यस्तै, अनवार अरुद्धिनले ३१ तथा खिजर हायत दुरानीले ३० रन जोडे । अमिनुदुन राम्ले २९ रन जोड्दै अविजित रहे ।
नेपालका लागि सन्दिप लामिछानेले ३ तथा अबिनास बोहराले २ विकेट लिए । यस्तै,करण केसीले एक विकेट लिए । यससँगै, सन्दीपले टि-२० मा १०० विकेट पुरा गरेका छन् । सन्दीपले टी-ट्वान्टीमा १०० विकेट यसअलिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका हुन् । नेपालले अब आइतबार हङकङसँग खेल्नेछ ।

.gif)


