काठमाडौं - नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बुधवार अघिल्लो दिनको तुलनामा रू.९०० वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू.९६ हजार ३००  र तेजाबी सुनको  मूल्य प्रतितोला रू.९५ हजार ८०० मा कारोबार भइरहेको छ । अघिल्लो  कारोबार दिन सुनको मूल्य  प्रतितोला रू.९५ हजार ४०० मा खरिदबवक्री भएको थियो ।

बधुवार चाँदीको  मूल्य भने प्रतितोला रू.१ हजार २०५ मा कारोबार भइरहेको छ । नेपालमा कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीपछि अर्थात् चैतदेखि गत साउनसम्म सुनको आयात नै गरिएको थिएन ।  यो अवधिमा  सनुको  मूल्य बढेपनि कारोबार भने  खासै नभएको सुनव्यवसायीहरु बताउँछन् ।

उनीहरुका अनुसार दसैंतिहारको समयमा पनि व्यवसाय सन्तोषजनक भएको छैन । बजार चलायमान नभएपछि कारोबार सुनचाँदीको कारोबार ठप्प रहेको उनीहरुको भनाइ छ ।

गत वर्षको असारसम्म सुनको मूल्य प्रतितोला रू.६० हजारको हाराहारीमा थियो । अमेरिका र चीनको व्यापार युद्धलगायत कारण त्यो बढेर गत आवमा रू.८० हजारको हाराहारीमा पुगेको थियो ।

कोरोना महामारीको प्रभावले सुनको मूल्य बढेर रू.१ लाख ३ हजार ५०० सम्म पुगेको थियो जुन अहिले झरेर प्रतितोला रू.९५ हजारको हाराहारीमा कारोबार भइरहेको छ ।