काठमाडाैं,दाङ - नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।

प्रहरीले बास्तोलालाई दाङको भालुवाङबाट पक्राउ गरेकाे हाे । उनी सहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ परेकाे हाे । स्थानीय तहकाे चुनावकाे पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् ।

यसअघि बुधबार साँझ मात्र बुटवलमा प्रेसर कुकर बम विस्फोट भएको थियो। चुनावी सुरक्षामा चुनौती उत्पन्न हुने आशंकासहित बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चुनाव बहिस्कारसहित हालै विप्लव समूहबाट फुटेर नवगठित नेकपा बहुमतका संयोजक बास्तोलासँग अहिले निर्वाचन शान्तिपूर्ण गराउने सवालमा सोधपुछ भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानरी दिए । उनलाई निर्वाचन सम्पन्न नहुँदासम्म प्रहरी निगरानीमै राखिने प्रहरीले जनाएको छ ।