काठमाडौं -  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलिनियम च्यालेन्च कर्पोरेशन (एमसीसी) अध्ययनको लागि गठन गरेको तीन सदस्यीय समितिले प्रतिवेदन तयार पारेको छ ।

शुक्रबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको कार्यदलको बैठकले सुझावसहितको प्रतिवेदन तयार पारेको हो । यद्यपी उक्त प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएका भने छैनन् ।

वरिष्ठ नेता झलनाथ खनाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सम्मिलित कार्यदलले सम्भव भएसम्म साँझसम्ममा पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

'एमसीसीको अध्ययन गरेर हामीले प्रतिवेदन तयार गरिसक्यौँ', भिम रावलले भने, 'सम्भवत शुक्रबार साँझसम्म नेतृत्वलाई पेश गर्छौ । '