प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने
खबर एक्सप्रेस
२०७८-०२-०६ ०६:०५ मा प्रकाशित
Total Shares: 588
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् ।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन् ।
आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले सो कुराको ब्रिफिङ गरेको एक मन्त्रीले जानकारी दिए ।
यस्तै, बैठकले सरकारले जेठ ९ गते आइतवारदेखि संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस