काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अहिले कुनै वार्ता नभएको बताएका छन्। उनको यो भनाइ आफूहरूले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) सँग ‘ब्याक च्यानल’ स्थापना गरेको दाबी गरेको एक दिनपछि आएको हो।

इरानी संसद्का सभामुखले भने अमेरिकाले तेहरानबाट थप सहुलियत लिन दबाब दिइरहेको आरोप लगाएका छन्। वार्ताको सम्भावना कमजोर बनेसँगै मध्यपूर्वको तनाव थप बढ्ने चिन्ता देखिएको छ।

यसबिच विश्व बजारमा कच्चा तेलको मूल्य जुलाईयताकै उच्च स्तरमा पुगेको छ। इरानसँगको संकट समाधान हुने आशा कमजोर भएपछि तेल आपूर्तिमा सम्भावित अवरोधको चिन्ताले मूल्य बढाएको हो।