सुनको भाउ २५ सयले बढ्यो
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 7
काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य २ हजार ५०० रुपैयाँले बढेको छ। सोमबारको तुलनामा सुनको भाउ मंगलबार २ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन २ हजार ५०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य ३ लाख २८ हजार ५०० कायम भएको छ। सोमबार प्रतितोला सुन ३ लाख २६ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनको मूल्य बढे पनि चाँदीको भाउ भने सामान्य घटेको छ। महासंघका अनुसार यसदिन २०५ रुपैयाँले घटेर प्रतितोला चाँदी ५ हजार ८१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सोही परिमाणको चाँदी ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो।

.gif)




फेसबुक पेज Like गर्नुहोस