कांग्रेसको प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा मनोनीत
खबर एक्सप्रेस
२०७९-०४-०४ १२:३६ मा प्रकाशित
Total Shares: 288
काठमाडौं - नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मिन विश्वकर्मा मनोनीत भएका छन्।
कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले उनीहरूलाई रिक्त पदमा मनोनीत गरेका हुन्।
यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्रीमा नियुक्त भएपछि सो ठाउँ रिक्त थियो। त्यस्तै सचेतक पुष्पा भुसाल भर्खरै मात्र प्रतिनिधिसभा उपसभामुख नियुक्त भएकी छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस